+
+

गीतकार तामाङको ‘नेपाल आमा’ मा क्याप्टेन विजय लामा नाचे

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते ११:१९

वरिष्ठ गीतकार टेक तामाङको राष्ट्रिय गीत ‘नेपाल आमा’ सार्वजनिक भएको छ । कन्काइस्ट राईको सङ्गीत र स्वर रहेको यस गीतमा क्याप्टेन विजय लामाको मुख्य अभिनय रहेको छ ।

सहास शाक्यको सङ्गीत संयोजन रहेको यस गीतको छायांकन करण चौरसीयले गरेका छन् । भिडियो सम्पादन भने मनोज कार्कीले गरेका छन् । त्यस्तै यो भिडियोको निर्देशन प्रदीप हमालले गरेका हुन् ।

देशप्रेम र सीमाको रक्षाका लागि सहास र बलिदानको भावभूमिमा रचिएको ‘नेपाल आमा’मा देशको पछिल्लो अवस्था देशप्रेम जगाउने खालको शब्दहरु समेटिएको तामाङले जानकारी दिए ।

गीतकार तामाङको यसअघि नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघिसरी सहितआधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत रेकर्डिङ र प्रकाशन भइसकेका छन् ।

नेपाल प्रहरी सेवाको एसएसपी पदमा कार्यरत तामाङले एक हातमा कर्तव्यबोध बन्दुक भएपनि, अर्काे हातमा कलम बोकेर सिर्जना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?