+
+

मानव बेचबिखनको आरोपमा सिराहाबाट दुई महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २६ गते १८:३९

२६ भदौ, जनकपुरधाम । मानव वेचबिखनको आरोपमा सिराहाबाट दुई महिला पक्राउ परेका छन् । दुई युवतीलाई भारततर्फ लग्ने क्रममा उनीहरुलाई सिरहाको नरहा नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–११ बेंगरीकी २८ बर्षीया ललिता चौधरी र सिरहाको धनगढीमाई नगरपालिका–१ बाखैरकी ३५ बर्षीया उषा देवी मलाह रहेको प्रहरीले जनाएको छ ।

१९ र १६ बर्षकी दुई युवतीलाई भारततर्फ बेच्न लग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

ती युवतीलाई लहान आश्रममा मासिक ५० हजार रुपैयाँको दरले काममा लगाइदिने भनी बोलाएको र लहान बोलाइसकेपछि यहाँभन्दा अझ राम्रो काम जनकपुरमा पाइन्छ भन्दै त्यसतर्फ लगिरहेका थिए ।

तर, सिरहा माडर छिर्ने चोहर्बा चोकमा ओरालेर माडरतर्फ लग्न खोज्ने क्रममा पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?