+
+

सोमबार न्यायाधीश र कानुन व्यवसायीबीच छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १९:३३

२७ भदौ, काठमाण्डौं । सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीबीच सोमबार छलफल आयोजना गरिएको छ । सर्वोच्च अदालतले सोमवार दिँउसो २ बजे बार–बेञ्च समन्वय समितिको बैठक डाकेको हो ।

बार–बेञ्च समन्वय समिति न्यायप्रशासन र कानून व्यवसायीबीचको समन्वय र कतिपय अवस्थामा समस्या समाधान गर्ने थलो हो । प्रधानन्यायाधीशसहित चार वरिष्ठतम न्यायाधीश र मुख्य रजिष्ट्रार रहने समितिमा नेपाल बार एशोसिएसनका तर्फबाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारका पूर्वअध्यक्षहरु हरिहर दाहाल र शम्भु थापा र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य छन् । समितिमा महान्यायाधिवक्ता पनि रहनेछन् ।

‘सर्वोच्च अदालतभित्र अहिले प्रधानन्यायाधीश र अर्को समूहबीच चरम द्वन्द्व छ । एकअर्काप्रति पटक्कै विश्वास नभएको अवस्थामा छलफल डाकिएको हो’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘संवैधानिक इजलासदेखि अनेक आदेश र विवादहरुका विषयमा सैद्धान्तिक रुपमा छलफल हुने सम्भावना छ ।’

विचाराधीन विषय भएकाले संवैधानिक इजलासमा रहेका मुद्दाको विषयवस्तुमा केन्द्रित भएर प्रत्यक्ष रुपमा छलफल भने हुन नसक्ने स्रोतको भनाइ छ ।

नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनसक्ने बताए । उनले भने, ‘अहिलेका विकृति हटाउन त्यो प्रतिवेदनको तत्काल कार्यान्वयन हुनुपर्छ । कार्यान्वयनका विषयमा नै छलफल हुने ठानेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?