+
+

पर्सामा प्रहरीद्वारा तीन राउण्ड हवाई फायर

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १२:१४

२८ भदौ, वीरगञ्ज । पर्सामा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । पटेर्वासुगौली गाउँपालिकाको फरहदवा नजिक पर्ने जंगलमा प्रहरीले हवाई फायर गरेको हो ।

अवैध रुपमा रुख कटान गरी सालको गोलिया मोटरसाइकलमा राखेर ल्याउँदै गरेका तस्कर समूहलाई नियन्त्रणमा लिन खोज्ने क्रममा हवाई फायर गरेको प्रहरीले जनाएको छ ।

‘चार वटा मोटरसाइकलमा सवार आठ जना तस्कर समूहले पाँच जना प्रहरी टोलीमाथि नै आक्रमण गर्न खोजे । त्यसपछि आत्मरक्षाका लागि नौ एमएमको पेस्तोलबाट तीन राउण्ड हवाई फायर गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले भने ।

सोमबार बिहान चार बजे तस्कर समूहलाई नियन्त्रणमा लिन हवाई फायर गरे पनि उनीहरु भने भाग्न सफल भएका छन् । प्रहरीले बीआर२२एफ ४१०८ र ना४०प ९३९६ नम्बरको मोटरसाइकलसहित दुई थान गोलिया काठ बरामद गरेको छ ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक खनालका अनुसार काठ तस्करहरु भने भागेका छन् । प्रहरीले हवाई फायर गरेपछि तस्करहरु दुई वटा मोटरसाइकल र दुई वटा ठूला काठका गोलिया छाडेर भागेको खनालले बताए । ‘उनीहरुको खोजी भइरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?