३१ भदौ, सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–११ का ४८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय, जनकपुरधामले जनाएको छ ।
बिरामी भएर २७ भदौमा उपचारका लागि कोशी अस्पताल विराटनगर गएका उनको सोही दिन स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको हो ।
योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५४ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4