+
+

लिभरपुलको सहज जित, म्यानचेष्टर सिटी बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते ८:३३

काठमाडौं । प्रिमियर लिगमा लिभरपुलले शनिबार क्रिस्टल प्यालेसलाई ३-० ले सहजै पराजित गरेको छ ।

घरेलु मैदानमा जितपछि लिभरपुल अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

एनफउल्डमा भएको खेलमा लिभरपुलका लागि साडियो मानेले ४३औं, मोहम्द सालाहले ७८औं र नेबी केइटाले ८९औं मिनेटमा गोल गरे ।

जारी सिजन चौथो जितपछि पाँच खेलबाट १३ अंक जोडेर लिभरपुल शीर्ष स्थानमा उक्लेको छ । क्रिस्टल प्यालेस पाँच खेलबाट पाँच अंकसहित १३औं स्थानमा छ ।

शनिबारै भएको अर्को खेलमा म्यानचेष्टर सिटी साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको छ र बराबरीपछि पनि पाँच खेलबाट १० अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ ।

यस्तै आर्सनलले बर्नलीलाई १-० ले पराजित गरेको छ । आर्सनललाई जिताउन मार्टिन ओडेगार्डले निर्णायक गोल गरे । आर्सनल दोस्रो जपतपछि पाँच खेलबाट ६ अंमसहपत १२औं स्थानमा उक्लेको छ ।

अन्य खेलमा वार्टफोर्डले नर्विच सिटीलाई ३-१ ले र ब्रेन्टफोर्डले वल्भ्सलाई २-० ले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?