नेपाली गायन क्षेत्रमा गायक कर्ण दासका गीतहरुले दर्शकको मन जिते । ‘ठूला ठूला महल हैन’ बोलका गीत गायक दासका छोरा मर्कुस दाहाल पनि गायन क्षेत्रमा अगाडि बढिरहेका छन् । मर्कुसले पहिलो म्युजिक भिडियो ‘थाहा छैन’ सार्वजनिक गरेका छन् ।
यो गीतमा कुशल पोखरेलको शब्द तथा संगीत छ । मर्कुशले चार बर्ष अगाडि गायिका मेलिना राइको साथमा ‘जिन्दगी ओराली उकाली’ बोलको गीत सार्वनिक गरेका थिए । गीत राम्रो भएर पनि यसको भिडियो भने निर्माण हुन सकेको थिएन । यसपछि, मर्कुशले २ वटा गीतको लिरिकल भिडियो र अडियो सार्वजनिक गरे ।
सार्वजनिक गीत ‘थाहा छैन’को भिडियोलाई मुर्कुस आफैले निर्देशन गरेका छन् । अष्ट्रेलियामा रहेर हस्पिटालिटीमा डिप्लोमा गरिरहेका मुर्कुस भविष्यमा संगीतको औपचारिक अध्ययन नै गर्ने सोच रहेको बताउँछन् । अष्ट्रेलियामा नै छायांकन गरिएको भिडियोमा सुविर भन्डारी र हिलारी रावलले अभिनय गरेका छन् । प्रयुष मानन्धरको छायांकन रहेको भिडियोमा सुदिप बिष्टको सम्पादन छ ।
प्रतिक्रिया 4