+
+

गर्भावस्थामा किन हुन्छ निद्रा नलाग्ने समस्या ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १३:५८

गर्भावस्थामा महिलाहरु शारीरिक तथा मानसिक पीडाबाट गुज्रनुपर्छ । यस क्रममा महिलालाई भरपुर आरमको जरुरी हुन्छ । शिशु जन्माइसकेपछि आमाको निद्रा खल्बलिन्छ । मस्त निदाउन पाउँदैनन् । बच्चालाई दुध ख्वाउन, दिसा पिसाब सफा गरिदिन राती पटक पटक जाग्नुपर्ने हुन्छ । यद्यपि बच्चा जन्मनुअघि गर्भावस्थामा पनि कतिले पर्याप्त निद्रा लिन पाउँदैनन् ।

गर्भावस्थामा पर्याप्त निद्रा लिन नसकनु आम समस्या हो । तर, गर्भावस्थको तेस्रो चरणमा स्थिति अरु बढी खराब हुनसक्छ । यसले तपाईमा बेचैनी ल्याउनका साथै, डिप्रेसनको भय बढाइदिन्छ । अतः के कारणले गर्भावस्थामा निन्द्रा विथोलिन्छ त ?

पटक पटक पिसाब लाग्नु

गर्भावस्थामा मिर्गौलाले सामन्य भन्दा बढी तीब्र गतिमा काम गर्न थाल्छ । सामन्यको तुलनामा गर्भावस्थामा मिर्गौलाले रगत सफा गर्ने काम ५० प्रतिशत बढी गर्छ । यसैको परिणामस्वरुप पटक पटक पिसाब लाग्छ । गर्भावस्थाको तेस्रो चरणमा तौल बढ्ने हुँदा तपाईंको पिसाब थैलीमा पनि दबाब पर्छ । यहि कारण स्थिती थप खराब हुन्छ । पटक पटक पिसाब लाग्छ । यसले गर्दा खासगरी रातको समयमा राम्ररी निन्द्रा लिन पाइदैन ।

यस्तो परिस्थितीबाट बच्नका लागि रातको तुलनामा दिनमा धेरै पानी पिउनुपर्छ । हुन त यहि नै समाधान होइन । तर, केहि मात्रामा भएपनि राहात मिल्छ ।

बच्चा चलमलाउने भएकाले

जब शिशु तपाईंको गर्भमा केहि हर्कत गर्न थाल्छ, तपाईमा थोरै बेचैनी महसुष हुन्छ । यस्तो अवस्थामा तपाईलाई राम्ररी निन्द्रा लाग्दैन । रातको समय बच्चा हलचल गर्न थाल्यो भने पनि तपाईंको निन्द्रा टुट्न सक्छ । यसको कुनै निदान छैन । यद्यपि बच्चा गर्भमा चल्न थाल्यो भने बुझ्नुहोस् बच्चा स्वस्थ्य र सक्रिय छ । बिस्तारै तपाईंलाई यसमा बानी पर्न थाल्छ ।

खुट्टा बाउडिने

खुट्टा बाउडिने वा दुख्ने समस्याले गर्भावस्थामा निकै दुख दिन्छ । यो धेरैलाई हुनसक्ने समस्या हो । शिशुको केहि अंगमा दबाव पर्दा खुट्टामा रक्तप्रवाह हुँदैन । यसले खुट्टा बउडिन्छ । रातको समय यस्तो समस्याले तपाईंको निद्रा बिथोल्छ । यसबाट छुटकारा पाउनका लागि मांसपेशीलाई मसाज गर्नुहोस् र आइस प्याक लगाउनुहोस् । पर्याप्त मात्रामा पानीको सेवन गरौं ।

खुट्टामा कमजोरी

गर्भावस्थाको क्रममा तपाईंले पोषणयुक्त खानेकुरा लिनुपर्छ  ताकि शिशुको स्वास्थ्य ठीक रहोस् । गर्भावस्थामा आइरनको कमीले पनि खुट्टामा कमजोरी महसुष हुन्छ । यहि कारण खुट्टा झमझाउँछ र पटक पटक खुट्टा हल्लाउन मन लाग्छ । यस्तो अवस्थामा खुट्टालाई थोरै स्ट्रेच गर्नुहोस् । सक्नुहुन्छ भने पैदल हिँड्नुहोस् । यसपछि आरमले निन्द्रा लाग्न सक्छ ।

आरमदायक आसन नमिल्दा समस्या

गर्भावस्थामा पेटको आकार ठूलो हुन्छ । यसले गर्दा कुनैपनि आसनमा सुत्दा आरम मिल्दैन । निन्द्रा लागेपनि हल्का पोजिसन बदल्नसाथ निन्द्रा खल्बलिन्छ । गर्भावस्थामा तपाइले मुलायम विछ्यौना, सिरानी प्रयोग गर्नुपर्छ, जसले पेटमा साहारा मिलोस् । बायाँतर्फ ढल्किएर सुत्ने बानी गर्नुहोस् । किनभने यस्तो पोजिसनमा बच्चाको रक्त प्रवाह राम्रो हुन्छ ।

तनाव

अक्सर मलिा प्रसव र आमा बनेपछि मोल्नुपर्ने चुनौतीबाट चिन्तित हुन्छन् । प्रसवको बेला हुने पीडालाई सम्झिएर पनि मन बेचैन हुन्छ । यहि कुराले गर्भावस्थामा चैनको निद्रा लाग्दैन । जब तपाईमा बेचैनी हुन्छ, गहिरो स्वास लिनुहोस् र रिल्याक्स गर्नुहोस् । हल्का संगीत सुन्नुहोस्, कुनै पुस्तक पढ्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?