+
+

रुघाखोकीमा घरेलु औषधि

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १४:३२

अहिले ज्वरो र खोकीले धेरैलाई सताइरहेको छ । कोरोना संक्रमणको लक्षण जस्तै भएपनि अहिले मौसमी फ्लुको कारण यस्तो भएको चिकित्सकको भनाई छ । हुन त कोरोना संक्रमणको भय पूर्णत हटिसकेको छैन । अझैपनि यसको जोखिम कायमै छ । यद्यपि अहिले कतिपयलाई सताइरहेको रुघा–खोकी, ज्वरो आदि भने मौसमी फ्लु हो ।

रुघाखोकी लाग्नसाथ औषधि खाने प्रवृत्ति व्यापक छ । चिकित्सकको परामर्श बिना नै औषधि खाँदा थप जटिलता आउन सक्छ ।

रुघाखोकी मात्र लागेको हो भने तातो पानीको बाफ लिनु पनि निकै राम्रो हुन्छ । त्यसो त सामान्य ज्वरो वा रुघाखोकीमा घरेलु औषधि पनि उपयोगी हुन्छ ।

खासगरी रुघाखोकी लागेको अवस्थामा बेसार, तुलसी, अदुवा जस्ता घरेलु औषधि खाएर पनि निको हुन्छ ।

रुघाखोकीबाट राहत पाउनको लागि १ गिलास तातो दुधमा १ चम्चा बेसार मिसाएर पिउनुपर्छ । तुलसी रुघाखोकीको लागि निकै प्रभावकारी औषधि हो । तुलसीको चार पाँच पत्ता तुलसी चपाउनाले घाँटीको खसखर र खोकीबाट राहत मिल्छ । यसलाई चिया वा तातोपानीमा उमालेर पनि पिउन सकिन्छ ।

अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकीबाट राहत मिल्छ । राती सुत्नभन्दा अगाडि दूध वा चियामा अदुवा उमालेर पिउनुपर्छ । यसैगरी अलैंचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठिक गर्छ ।

यदि कफ जमेको छ भने निम्न विधीहरु अपनाउन सकिन्छ ।

मह र कागती

एक चम्चा अर्गानिक मह र २ चम्चा कागतीको रस मिसाएर पिउनुपर्छ । यसले तपाईंको घाँटीलाई आराम दिन्छ ।

महमा एन्टीब्याक्टेरियल र एन्टी फंगल गुण पाइन्छ । त्यस्तै कागतीमा भिटामिन सीको भरपुर मात्रा पाइन्छ जसले घाँटीलाई तुरुन्त आराम दिलाउँछ ।

मरिच

मरिच केही पिरो र स्वादमा तिख्खर हुन्छ । यो श्वासप्रशवसको समस्या समाप्त गर्नको लागि आयुर्वेदमा चमत्कारी औषधि मानिन्छ । यसले कफलाई समाप्त गरिदिन्छ ।

मरिचमा पाइपरलांगमाइन नामक रसायनिक तत्व पाइन्छ र यसले हाम्रो शरीरमा एन्जाइम बन्नबाट रोक्छ । शरीरमा बन्ने एन्जाइमले खोकी र यसको इन्फेक्सनलाई बढाउँछ जुन कफको कारण बन्छ । दैनिक एक कप पानीमा २० दाना जति मरिच उमाल्नुहोस् र फेरि त्यसमा मह मिसाएर पिउनुपर्छ ।

तातो पानी

कफ जमेको स्थितीमा हल्का तातो पानी पिउनुहोस् । यसले  छाती र घाँटीमा जमेको कफको मात्रालाई कम गर्छ । कागती पानी वा कागतीको चिया पिएर पनि तपाईं आफूलाई हाइड्रेट राख्न सक्नुहुन्छ ।

नुनपानीले कुल्ला

नुन पानीले कुल्ला गर्नाले घाँटीलाई राहत मिल्छ र घाँटीमा जमेको कफ सफा हुन्छ । यसले घाँटी सफा हुन्छ र घाँटीमा भएका सबै किटाणु पनि मर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?