+
+

पाल्पाको श्रीनगर हाइटमा माउन्टेनमग कफीको आउटलेट विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते २०:१८

काठमाडौं । माउन्टेनमग कफीले पाल्पाको श्रीनगर हाइटमा आफ्नो आउटलेट विस्तार गरेको छ । रमणीय प्राकृतिक सुन्दरता र हिमश्रृङ्खलाको खुल्ला अवलोकन गर्न सकिने पर्यटकीय आकर्षणको केन्द्र श्रीनगर हाइटमा तानसेनस्थित होटल श्रीनगरसँगको साझेदारीमा सो आउटलेटको सुरुवात गरिएको माउन्टेनमग कफीका प्रबन्धक प्रणय प्रताप लामिछाने जानकारी दिए ।

नेपाली कफी उत्पादन र प्रबर्द्धनमा बि.स २०५७ सालदेखी सक्रिय नेपाली उद्दमीहरुको समूहद्वारा जापानको स्माइल बेभरेजसगको रणनीतिक साझेदारीमा संचालित माउन्टेनमग कफीको हाल नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा मुख्य आउटलेट रहेको उनको भनाइ छ ।

लामिछानेका अनुसार अन्तर्राष्ट्रिय बजारका कफी सौखिनहरुको माझ प्रख्यात नेपाली स्पेशालिटी बर्गको प्रिमियम नेपाली कफी माउन्टेनमग कफीको मुख्य उत्पादन हो ।

माउन्टेनमग कफीले यस वर्षभित्रै इलाम, लुम्बिनी, पोखरा र जोमसोममा पनि आउटलेट विस्तार गर्ने तयारी गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?