+
+

नेपाली फिल्मको ‘महानायिका’ गौरी मल्लः भुवन र शिव

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते २०:२३

नेपाली चलचित्रका कलाकारहरुलाई बेला–बेलामा दिइने उपाधिले विवाद सिर्जना गर्ने गरेको छ । नेपाली चलचित्रमा नायक राजेश हमाललाई ‘महानायक’को उपाधि दिइएको छ । यस्तै, केही समय अगाडि एक संस्थाले नायिका करिश्मा मानन्धरलाई ‘महानायिका’को उपाधि दिएको थियो ।

तर, कलाकारहरुलाई विभिन्न उपाधिको आवश्यकता नपर्ने तर्क पनि नसुनिएको होइन । यसैविच, आज आयोजना भएको ‘डाँडाको वर पिपल’ नामक चलचित्रको गीत रिलिज कार्यक्रममा बोल्दै नायकद्धय भुवन केसी र शिव श्रेष्ठले नेपाली चलचित्रको ‘महानायिका’ गौरी मल्ल भएको दाबी गरेका छन् ।

कार्यक्रममा भुवनले भने–‘नेपाली चलचित्रको वास्तविक ‘महानायिका’ गौरी मल्ल हुन् । मैले यो विवादित कुरा गरेको होइन, म जे बोल्छु सत्य बोल्छु । गौरी मल्ल अभिनयको महानायिका नै हुन् । अझै ८–१० बर्ष त गौरी मल्लको अभिनयको तुलानामा कोही पनि आउँछ जस्तो मलाई लाग्दैन ।’

यस्तै, नायक शिव श्रेष्ठले गौरी मल्लको अभिनय बलियो भएको बताए । उनले भने–‘आज गौरी मल्लको योगदान हेर्नुहोस् त । महानायिकाको उपाधि यसै दिने होइन ।’

कार्यक्रममा बोल्दै नायक भुवन केसीले यति लामो समयसम्म यही क्षेत्रमा काम गरेको आधारमा आफूहरुलाई गौरी मल्ल ‘महानायिका’ लागेको बताए । उनले भने–‘अब यहाँ कसैले कसैलाई महानायक–महानायिका दिइरहन्छन्, दिनेले दिइरहन्छन्, लिनेले लिइरहन्छन् । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?