४ असोज, जनकपुरधाम । लागूऔषध गाँजासहित सिरहाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनुषाको सबैला नगरपालिका–१३ तिरतपुरका २६ वर्षीय शुभकुमार महतोलाई सिरहा नगरपालिका–६ बसबिट्टा चोकबाट प्रहरीले पक्राउ गरेको हो । ।
महतोले चलाएको ज ११ प १७४३ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा ५ किलो २२३ ग्राम लागूऔषध गाँजा र २ थान नाइट्रोभेट ट्याबलेट फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4