११ असोज, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको पहिचानका लागि गरिने जिन सिक्वेन्सिङ सरकारी प्रयोगशालामा नै शुरु भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार त्रिवि जैविक प्रविधि केन्द्रीय विभाग र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा जिन सिक्वेन्सिङ शुरु भएको हो ।
सोमबार डा. झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्रिवि जैविक केन्द्रीय विभागमा १६ वटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा नयाँ नमुनाहरु संकलन गरी ४२ वटाको जिन सिक्विनिङ गरिएको थियो ।’
भदौ र असोजमा संकलन गरिएका ४१ नमुनामा डेल्टा भेरियन्ट देखिएको छ । गत वैशाख महिनाको एउटा नमुनामा भने एस जीन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको उनले बताइन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले यसअघि कोरोनाको कुन भेरियन्ट फैलिएको भन्ने पहिचानका लागि जिन सिक्वेन्सिङ गर्न भारत, हङकङलगायतका मुलुकमा नमुना पठाउने गरिन्थ्यो ।
अब भने नेपालकै सरकारी प्रयोगशालामा जिन सिक्वेन्सिङ हुने उनको भनाइ छ ।
प्रतिक्रिया 4