१३ असोज, काठमाडौं । तराइका आदिवासी थारू समुदायका महिलाहरुले काठमाडौं उपत्यकामा जितिया पर्व मनाएका छन् ।
आफ्नो परिवारका सदस्यको सुस्वास्थ्यको कामना गर्दै व्रत बसेका थारु समुदायका महिलाहरुले काठमाडौं उपत्यकामा पनि जितिया पर्व मनाएका हुन् ।
थारु महिला समाज नेपालले ललितपुरको टीकाथलीस्थित मोटेश्वर सामुदायिक भवनमा राष्ट्रिय जितिया महोत्सवको आयोजना गरेको थियो ।
यस्तै थारु महिला समाजले जितियाको अवसरमा थारु समुदायबाट उच्च शिक्षा हालिस गर्ने पाँचजना महिला विद्यार्थी, तीनजना समाजसेवी र एकजना एकल महिलालाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा समाजसेवीहरु हृदयनारायण चौधरी, प्रेम शत्रुघन चौधरी र माया चौधरी रहेका छन् भने उच्च शिक्षा हालिस गर्नेहरुमा बन्दना चौधरी (बारा),गीता चौधरी (कैलाली), लुजन चौधरी (सप्तरी), सबिना चौधरी (सुनसरी) र देविका चौधरी (सिरहा) रहेका छन् ।
यस्तै शम्भुनाथ नगरपालिका-९ की एकल महिला हन्सीदेवी चौधरीलाई सम्मानपत्र प्रदान गरेको थारु थारु महिला समाजकी अध्यक्ष गीता चौधरीले बताइन् ।
यसअघि उनीहरुले असोज कष्णपक्षको सप्तमी तिथिमा नजिकैको नदी, जलाशय र इनारमा गइ नुहाएर व्रत प्रारम्भ गरेका थिए । बुधबार आज ब्रत बसेका थिए ।
बिहीबार (भोलि) सूर्योदयसँगै सूर्यको पूजा गरी व्रत सम्पन्न गर्नेछन् ।
यस्तै तराइका विभिन्न जिल्लामा थारु महिलाहरुका साथै मधेशी महिलाहरुले पनि जितिया पर्वलाई धुमधामका साथ मनाएका छन् ।
तस्वीरहरु- आर्यन धिमाल
प्रतिक्रिया 4