+
+

जोन डियरको अत्याधुनिक प्रविधिको ५० एचपी फोर ह्वील ड्राइभ ट्याक्टर नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १८:५३

काठमाडौं । अमेरिकाको डियर एण्ड कम्पनीको सहायक कम्पनी जोन डियरले ५० एचपी फोर ह्वील ड्राइभ नयाँ ट्याक्टर नेपाली बजारमा ल्याएको छ ।

कम्पनीले अत्याधुनिक प्रविधिबाट बनेको नयाँ ट्याक्टर मंगलबार एक कार्यक्रमकाबीच नेपाली उपभोक्तालाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा जेडीआईपीएलका बिक्री तथा मार्केटिङ निर्देशक सत्यन शाहले विवेक अटोमोबाइल्स प्रालिसँगको लामो सहयात्रामा यो एकदमै ऐतिहासिक क्षण भएको बताए ।

कृषि उत्पादकता र आय बढाउनका लागि टेक्नोलोजीको रुपमा उत्कृष्ट उत्पादन र सेवाहरुका लागि आफ्नो कम्पनी प्रतिवद्ध रहेको उनले बताए ।

जोन डियरले कृषि श्रृङ्खला एकीकृत समाधान प्रदान गरेर बिश्वकै धेरै क्षेत्रहरुमा कृषि पद्घतिहरुको आधुनिकीकरणमा नेतृत्व गरिरहेको उनको भनाइ छ । किसानहरुलाई कृषि उद्यमीको एक स्तरमा रुपान्तरण गर्न जोन डियरले विश्वासको साथ दृढतापुर्वक निर्वाह गरिरहेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?