+
+

एमाले प्रतिनिधिहरुको प्रश्न : एमसीसीबारे पार्टीको धारणा के हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १६ गते १८:४४

१६ असोज, काठमाडौं । नेकपा एमाले विधान महाधिवेशनका प्रतिनिधिहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको धारणा प्रष्ट पार्न माग गरेका छन् ।

ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि भएको समूहगत छलफलमा नेताहरुले एमसीसीबारे धारणा मागेका हुन् । केन्द्रीय निकाय तथा विभागहरुको टोली नेता भानुभक्त ढकाल, बागमतीका आनन्द पोखरेल लगायतले एमसीसीबारे पार्टीको धारणा मागेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा एमसीसी पास गर्न जोड दिएका थिए । सरकारमा हुँदा पार्टीभित्र चर्को विवादका बीच उनले एमसीसी पास गर्न दबाव दिएका थिए ।

तर प्रतिपक्षमा पुगेपछि एमसीसी के गर्ने हो भनेर सरकारलाई प्रश्न मात्र गर्दै आएका छन् । सरकार र सत्तारुढ दलले पार्टीको धारणा सार्वजनिक गरेपछि आवश्यक समयमा मात्र एमालेको धारणा सार्वजनिक गर्ने एमाले नेताहरुले बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?