+
+

संखुवासभाको कांग्रेस सभापतिमा दीपक खड्का विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते ८:५१

१८ असोज, काठमाडौं । नेपाली कांग्रेस संखुवासभाको पार्टी सभापतिमा दीपक खड्का विजयी भएका छन् ।

सोमबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री खड्का जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

शनिबार उद्घाटन भएको जिल्ला अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि आइतबार मतदान भएको थियो । कुल खसेको १३५२ मतमध्ये खड्काले ११९८ मत प्राप्त गरे ।

यस्तै उपसभापतिमा रामकुमार जिमी (९१६), अनन्त गौली (६७०), सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

खड्का संस्थापनइतर समूहका नेता हुन् । उनीसँग चुनावी प्रतिस्पर्धामा राइमान राई थिए । कांग्रेसको जारी अधिवेशनअन्तर्गत अहिलेसम्म ६ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ ।

मनाङ, मुस्ताङ, हुम्ला, कालीकोट, रुकुमपूर्व र संखुवासभामा जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

दोलखामा सोमबार सभापती पदका लागि दोश्रो चरणको चुनाव हुदैछ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछी दोश्रो चरणमा चुनान हुन लागेको हो ।

दोलखामा सभापति पदका लागि चार जना उम्मेदवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?