१९ असोज, काठमाडौं । मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।
कम्पनीले बोनससँगै शेयरधनीहरुलाई कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश समेत दिने भएको छ । कम्पनीले निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्जमा गराइसकेको छ ।
अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभामा उक्त प्रस्ताव पेश हुनेछ । साधारणसभाबाट पारित भएपछि कम्पनीले शेयरधनीलाई बोनस शेयर दिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4