+
+

गुप्तचर जन्माउने फिल्ममेकर

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १२:१६

के म तपाईको सि.एस.आई.मा जोइन गर्न सक्छु भनेर म्यासेज आउन थालेपछि उनी झस्किए । सुरुमा आएको यस्तो म्यासेजहरूलाई हल्का रूपमा लिएपनि जब धेरैको म्यासेज आउन थालेपछि उनले हरेकलाई उत्तर फर्काउन थाले । सम्झाउन थाले कि यो काल्पनिक जासुसी संस्था हो, चलचित्र ‘एक’का लागि ।

सि.एस.आई अर्थात् सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्स, राष्ट्रिय सुरक्षाका दृष्टिले असर पार्ने अन्तर्राष्ट्रिय चलखेल, आतंकवाद तथा षड्यन्त्रविरुद्ध एक्सनमा जाने गुप्तचर निकाय ।

हालसालै आफ्नो सातौं चलचित्र ‘एक’को ट्रेलर सार्वजनिक भएपछि जनमानसमा आफ्नो परिकल्पनाको जासुसी संस्थाको बारेमा उत्सुकता जाग्नुले उत्साहित यिनी चलचित्र निर्देशक मनोज पण्डित प्रायः राजनीतिक मुद्धामा सिनेमा बनाउँछन् । यसपटक मधेशको विघटन मुद्धामा उनले हात हालेका छन् ।

भारतको ‘रअ’, पाकिस्तानको ‘आई.एस.आई’, अमेरिकाको ‘सि.आई.ए’, रसियाको ‘केजीवी’ भनेजस्तै यो सि.एस.आई नेपालको स्वार्थ र सुरक्षा लागि अन्तर्राष्ट्रिय मैदानमा गुप्तचरीय भूमिका निभाउँछ तर दुर्भाग्यवश नेपालसँग यस्तो संरचना छैन, त्यसैले यसको परिकल्पना गर्न बाध्य भएँ ।

प्रहरीको राष्ट्रिय अनुसन्धान विभाग, सेनाको डि.एम.आई भएपनि त्यस्ता संरचनाको भूमिका र अधिकार एकदम सीमित छ र यो देशभित्रमात्र क्रियाशील छ ।

राष्ट्रिय सुरक्षा परिषद्मा यस्तो संरचना बनाउने प्रस्ताव बेलाबेलामा बहसमा आएपनि नेपाल सरकार यसतर्फ क्रियाशील हुन सकेको छैन ।

यस्तो किसिमको गुप्तचर निकाय सिधै प्रधानमन्त्री वा राष्ट्रपतिसँग मात्र सम्बन्धित र जवाफदेही हुने तथा यसको लेखापरीक्षण पनि महालेखाको जस्तो निकायले गर्न ‘राइट टु सुट’जस्ता थुप्रै शक्ति प्रयोगको अधिकार प्राप्त गर्ने संवैधानिक निकाय हुने हुँदा अन्य सुरक्षा संयन्त्रले यसमा अवरोध सिर्जना गराइरहेको आन्तरिक गुनासो पनि सुनिएको छ ।

जेम्स बोण्ड यस्तै निकाय बेलायतको ‘एम आई सिक्स’ को ००७ कोड नेम भएको गुप्तचर एजेन्ट पात्रमाथि बनेको श्रृङखलाबद्ध सिनेमा हो, जसले विश्व सिनेमामा दरिलो हस्तक्षप गरेर आफ्नो जनरा स्थापित गरेको छ ।

विशेषतः अमेरिका–सोभियत संघबीचको कोल्डवारका दौरान सि.आई.ए. र के.जी.वीबीचको द्वन्द्वमा अनेकन राम्रा रोमाञ्चक सिनेमा बनेका छन् ।

यस्ता सिनेमाबाट प्रभावित पण्डित देशको सार्वभौम–अखण्डता जोगाउन तथा राष्ट्रिय स्वार्थलाई क्रियाशील र स्थापित गराउन यस्तो संस्थाको भूमिका विशेष हुनेमा विश्वास गर्छन् ।

बाल्यकालदेखि नै आफूलाई शारिरिक र मानसिक रूपमा समेत असुरक्षित महसुस गर्ने उनको मानसपटलमा ०४५ सालतिर तातोपानी नाकाबाट चिनद्वारा दिइएको सैनिक ट्याङ्कहरु र हतियारधारी गाडीले ठूलो असर पारेको थियो ।

अब भारतसँग युद्ध हुँदैछ जस्ता गफहरु बालमनोविज्ञानले सुन्दा रोमाञ्चक लाग्थ्यो तर त्यसको केही समयपछि नेपालमा राजतन्त्र विरोधी गतिविधि भए र राजतन्त्र घुँडा टेक्न बाध्य भयो ।

भारतसँग नझुकेको कारण यस्तो भएको भनेर उनले बुबाको कुराकानीमा सुन्थे । ‘रअ’ भन्ने शब्द उनले त्यतिबेला सुनेका हुन् ।

 

प्रजातन्त्र आउनु राम्रो भएपनि त्यसपछाडि ‘रअ’को भूमिका विशेष थियो भन्दा उनलाई अचम्म लाग्थ्यो र बालमस्तिष्कमा कस्तो होला त ‘रअ’ भन्ने जसले राजाहरुलाई पनि हटाइदिन सक्ने सामथ्र्य राख्छ भन्ने प्रश्न उब्जिएको थियो ।

पछि उनलाई थाहा भयो पाकिस्तान टुक्राएर बंगलादेश बनाउनेदेखि सिक्किमलाई भारतमा गाभ्नेसम्म ‘रअ’ले गरेको भन्ने ।

‘त्यसपछि मलाई रअसँग डर लाग्न थाल्यो । अबको टार्गेन नेपाल हो भन्ने कथ्य बिस्तारै सुनिन थालेको पृष्ठभूमिमा महाकाली सन्धि, नागरिकता विधेयक जस्ता अपत्यारिला घट्नाक्रम बढ्दै गएर नेपालमा माओवादी द्वन्द्व प्रारम्भ भयो ।

यसको पछाडि पनि ‘रअ’को भूमिका विशेष छ भन्ने विश्लेषणलाई उनले आफ्नै आँखाले देख्ने मौका पाए ।

ग्रेटर नेपाल वृत्तचित्र बनाउन द्वन्द्वकालकै समयमा भारतका विभिन्न ठाउँको यात्रा गर्दा माओवादी गुरिल्ला र नेपाली सेनालाई एउटै ब्यारेकमा पालैपालो भारतले टे«निङ दिएको घटना आफँैले देख्न पाएपछि नेपाल कसरी ‘रअ’को पन्जामा फसिसकेको छ भन्ने अनुमानलाई साक्षात्कार भयो ।

माओवादी संघर्षको आफ्नै राजनीतिक र सामाजिक महत्व भएपनि भारतले नेपाली माओवादीलाई किन पश्रय, प्रशिक्षण र सहयोग ग¥यो । जबकि ऊ आफँै आफ्नो भूगोलभित्र माओवादी विद्रोहबाट तनावमा छ भन्ने प्रश्नको उत्तर माओवादी शान्ति प्रक्रियामा आएपछि स्पष्ट देखिँदै गयो ।

यसैले उनलाई लाग्छ, नेपाल स्वतन्त्र राष्ट्र होइन, भारतको साम्राज्यवादी चिन्तनको नवउपनिवेश हो । यसैले यो दासत्वबाट मुक्त नभई नेपालको समृद्धि सम्भव छैन भन्नेमा उनी विश्वस्त छन् ।

यही दृष्टिकोणबाट उनले ‘ग्रेटर नेपाल–सिमानाको खोजी’ नामक वृत्तचित्र बनाए जसले भारतको नेपाली भूगोलमाथिको हस्तक्षेपलाई चित्रण ग¥यो र सीमा अतिक्रमणको आवाजलाई नयाँ पुस्तासँग पु¥याएर भारतीय हस्तक्षेपको विरोधको एक प्रतीक बन्यो ।

यही श्रृङ्खलामा उनले अहिले आएर ‘एक’ बनाएका छन् । मधेशलाई टुक्राउने ‘रअ’को रणनीतिलाई काउन्टर दिने परिकल्पना गर्दै गुप्तचर एजेन्सी नै बनाए ।

हामी सर्जकले समाजलाई दिने योगदान नै कल्पना हो, कथ्य हो । आज गरिएको यो कल्पना कुनैदिन अवश्य पूरा हुनेछ तर त्यसका लागि स्वतन्त्र चेत भएको राजनीतिक पुस्ता चाहिन्छ । अहिलेका पात्रहरुबाट यो सम्भव छैन । किनकि ‘सि.एस.आई.’ जस्तो संस्था नबनाउन ‘रअ’ले प्रशस्त लगानी गरिरहेको छ । ‘रअ’ का गुप्तचरहरु ठूला–ठूला पोस्टमा छन्, सत्ताधारी र विपक्षी राजनीतिक दलमा पनि छन् ।

रअलाई मात्रै पनि नेपालमा असफल बनाउन सक्यो भने नेपाल समृद्धिको मार्गमा अगाडि बढ्छ भन्ने कुरामा म सचेत छु त्यसैले सि.एस.आई जन्मेको हो ।

हाम्रो सामु हालै अफगानिस्तानको उदाहरण, कसरी ‘सि.आइ.ए.’ले आफ्नो स्वार्थमा खेलो खेल्यो र अन्त्यमा भत्ताभुङग छोडेर गयो भन्ने छ ।

त्यसैले हामीले नेपाललाई विदेशी गुप्तचर एजेन्सीहरुको लागि ‘प्ले ग्राउण्ड’ बन्न छुट दिनुहुँदैन । सि.एस.आइले अब श्रृङ्खलाबद्ध रुपमा यसमा सिनेम्याटिक काम गर्नेछ ।

हामी नेपालीमा एक किसिमको ‘इन्फेरियर कम्लेसिटी’ हाबी भइरहेछ । यसलाई जित्नका लागि ‘एक’ प्रयत्न हो । कला–साहित्य–सिनेमाले आफ्नो समयको सामाजिक मनोविज्ञानलाई समृद्ध बनाउन विशेष भूमिका खेल्नुपर्छ भन्ने दायित्वबोध गर्दै ‘एक’मा नायक गुप्तचरको जन्म गराएको छु जसले हाम्रो नायकत्वलाई ऊर्जा दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?