+
+

गुल्मीमा यस वर्ष सराय नाच देखाउन नपाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते २०:२३

२१ असोज, गुल्मी । गुल्मीमा दशैंको अवसरमा देखाइने सराय नाचमा यस वर्ष प्रतिबन्ध लगाइने भएको छ । जिल्लामा दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म सराय नाच देखाउने गरिन्छ ।

बिहीबार जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले दशैंको अवसरमा गरिने सराय नाचलाई यस वर्ष रोक लगाइउको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । तरवार नचाएर एक आपसमा खुशी साटासाट गर्ने सराय नाच गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रमा मान्ने प्रचलन रहिआएको छ ।

प्रशासनले सूचना जारी गर्दै यसअघि जारी गरिएको निषेधाज्ञालाई कायमै गर्दै सराय नाच गर्न नपाइने थप गरेको हो । गुल्मी जिल्लाका अर्जै, अम्मरपुर, इस्मामैदान, धुर्कोट, उजुङ्गकोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा, चन्द्रकोट लगायतका स्थानमा मुख्यगरी सराय नाच गरिन्छ ।

पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी र खुँडा नचाइ एकआपसमा जोडिएर सराय नाच खेलिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?