२१ असोज, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, नागढुंगाका प्रहरी निरीक्षकसहित ३३ जना प्रहरी अधिकारी जिम्मेवारीबाट हटाइएका छन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालले इन्स्पेक्टर त्रिभुवनसिंह थापासहित ३३ प्रहरीलाई हटाइएको अनलाइनखबरलाई बताए ।
‘उनको ठाउँमा निरु दुवालको नेतृत्वमा अर्को टोली खटिएको छ’ पालले भने, ‘त्यहाँ रहेका पहिलेका प्रहरीलाई साबिकको दरबन्दीमा पठाइएको छ ।’ उनका अनुसार प्रहरी प्रभाग, बसपार्कका निरीक्षक रमश विष्ट पनि फेरिएका छन् । उनको ठाउँमा महानगरीय प्रहरी कार्यालयका सुमन न्यौपानेलाई पठाइएको छ ।
रानीपोखरी प्रहरी स्रोतका अनुसार दशैंको मुखमा राम्रोसँग जिम्मेवारी ननिभाएको पाइएपछि नागढुंगाको टोलीलाई तानिएको हो । बसपार्कका निरीक्षकको एक वर्षे कार्यअवधि पूरा भइसकेको थियो र सरुवा हुने वेला भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4