२२ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत)बीच पार्टी एकता भएको छ । आठबुँदे सहमति गरी दुई पार्टीबीच एकता भएको हो ।
एकतापछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) हुनेछ भने चुनाव चिन्ह कलम हुनेछ जीवन राई नेतृत्वको नेकपा (एकीकृत)ले कलम चिन्ह दर्ता गराएको थियो । तर नेकपा एमालेबाट अलग भएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने चुनाव चिन्ह तोकेको थिएन ।
एकता प्रक्रिया पूरा गर्न शुक्रबार नै निर्वाचन आयोग जाने तयारी भएको नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4