+
+

टाटा ग्रुपले पायो एयर इन्डिया

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १८:३४

२२ असोज, काठमाडौं । भारतको सरकारी एयरलाइन एयर इन्डिया अब टाटा ग्रुपको हुने भएको छ ।

भारतको अर्थ मन्त्रालयको लगानी तथा लोक परिसम्पत्ति प्रबन्धन विभागका सचिव तुहिन कान्ताले टाटा ग्रुपले एक खर्ब ८० अर्ब भारुको बोली लगाएको बताएका छन् । यो रकममध्ये सरकारले १५ प्रतिशत पाउनेछ र बाँकी एयरलाइन्सको ऋण चुक्ताको लागि प्रयोग गरिनेछ । कान्ताका अनुसार १० डिसेम्बरसम्म एयर इन्डिया टाटा ग्रुपलाई जिम्मा लगाइनेछ ।

भारतको नागरिक उड्डयन सचिव राजीव बन्सलकाअनुसार बोली जित्नेले कम्पनीमा रहेका सबै कर्मचारीलाई काममा राख्नुपर्ने हुन्छ । त्यसपछि उनीहरुलाई स्वेच्छिक अवकाश दिने विकल्प हुन्छ ।

एयर इन्डियाको लिलामीमा सात कम्पनी वा समूहले बोली लगाएका थिए । जसमा पाँच बोली रद्द भएका थिए । एयर इन्डियाको लिलामी प्रक्रिया २०१७ मा शुरु भएको थियो ।

एयर इन्डियाको लिलामी जितेपटि टाटा ग्रुपले खुसी व्यक्त गर्दै एयर इन्डिया पुनः फर्किएको बताएका छन् । टाटा ग्रुपका संस्थापक जेआरडी टाटाले नै एयर इन्डियाको स्थापना गरेका थिए । पछि जवाहरलाल नेहरु सरकारले यसलाई अधिग्रहण गरेको थिया । अब पुनः एकपटक एयर इन्डिया टाटा ग्रुपको हातमा आएको हो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?