+
+

आणविक बम बनाएर भारतलाई टक्कर दिने पाकिस्तानी वैज्ञानिकको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १३:३५

२४ असोज, काठमाडौं। पाकिस्तानका चर्चित आणविक वैज्ञानिक डा. अब्दुल कदिर खानको निधन भएको छ । आइतबार ८५ वर्षको उमेरमा खानको निधन भएको पाकिस्तानी समाचार माध्यमले जनाएका छन् ।

इस्लामावादस्थित एक अस्पतालमा खानको निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

पाकिस्तानी राष्ट्रपति डा. अरिफ अलभीले खानको निधनबाट आफू निकै मर्माहत भएको बताएका छन् । खानको योगदान सँधै स्मरण गरिने पनि अलभीले बताए । ‘उहाँले राष्ट्रलाई सुरक्षित राख्ने आणविक हतियार विकास गर्नमा सघाउनु भयो र उहाँको सेवाप्रति हामी सँधै आभार हुनेछौं’, अलभीले भने ।

सन् १९३६ मा भारतको भोपालमा जन्मिएका खान विभाजनपछि पाकिस्तान गएका थिए । उनलाई पाकिस्तानको आणविक कार्यक्रममा पिता समेत मानिन्छ । भारतले आणविक परीक्षण गरेपछि उनकै सहयोगमा पाकिस्तानले आणविक कार्यक्रम सुरु गरेको थियो ।

भारतले सन् १९७४ मा गरेको ‘स्माइलिङ बुद्ध’ नामक आणविक परीक्षण गरेलगत्तै पाकिस्तानले समेत आणविक बम बनाउनु पर्ने भन्दै खानले आवाज उठाएका थिए । सन् १९७६ मा पाकिस्तानको आणविक बम कार्यक्रममा सामेल भएका उनको महत्वपूर्ण योगदानपछि पाकिस्तानले सफलतापूर्वक आणविक परीक्षण गरेको थियो ।

लामो अनुसन्धान र प्रयोगपछि पाकिस्तानले १९९८ मा पहिलो पटक ‘चागाइ-१’ नामक आणविक परीक्षण गरेको हो । भारतले दोस्रो पटक ‘पोखरन-२’ आणविक परीक्षण गरेपछि जवाफस्वरुप पाकिस्तानले उक्त परीक्षण गरेको हो। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?