२४ असोज, विराटनगर। प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्युपछि तनावग्रस्त बनेको इनरुवा बजार सामान्य भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार मृतकका आफन्त र प्रशासनबीच छलफलपछि अवस्था सामान्य बनेको हो । उनका अनुसार मृतकको शवको पनि पोष्टमार्टम गरिएको छ ।
आन्दोलनरत पक्ष र प्रशासनबीच घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गर्ने सहमति भएको उनले बताए । समितिले दिएको सफारिसका आधारमा थप प्रकृया अघि बढाइने उनले बताए ।
सुनसरी भोक्राहाका मोहम्बद हाकीम साह आइतबार बिहान प्रहरी हिरासतभित्र मृत फेला परेका थिए। प्रहरीले लापरवाही गर्दा मृत्यु भएको भन्दै प्रदर्शन भएपछि झडप भएको थियो । झडप हुँदा १४ जना प्रहरी र चार जना प्रदर्शनकारी घाइते भएका थिए ।
सुनसरी इनरुवा–९ की युवतीसँग अन्तरजातीय र अन्तर धार्मिक विवाह गरेका हाकीम युवतीका आफन्तको उजुरीपछि पक्राउ परेका थिए ।
प्रतिक्रिया 4