२५ असोज, काठमाडौं । दशैं बिदाअघिको अन्तिम कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २३.१९ अंकले घटेको छ ।
शेयर कारोबार हुने कम्पनी र रकम दुवैमा गिरावट आएपछि नेप्से परिसूचक २६३९ अंकमा झरेको छ । सोमबार समूहिक लगानी कोष र लगानी सूचकबाहेक सबै परिसूचक घटे ।
दिनभर २१९ कम्पनीको सेयर दोस्रो बजारमा खरीद बिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ । मंगलबारदेखि ५ दिन दशैं बिदा कारण बजार बन्द हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4