२७ असोज, काठमाडौं । बेलायतका सांसदहरुको एक प्रतिवेदनले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले चालेका कदमहरु पूरै असफल भएको औंल्याएको छ ।
महामारीको अवस्थालाई व्यवस्थापन गर्न वैज्ञानिकहरुको सहयोगमा सरकारले लिएका नीतिहरु प्रभावकारी हुन नसकेको र सरकारको कमजोर व्यवस्थापनले लकडाउन जारी गर्न ढिलाइ हुँदा मानिसहरुले ज्यान गुमाउनु परेको प्रतिवेदनमा उल्लेख छ ।
अन्तरपार्टी सांसदहरुको टोलीले तयार पारेको प्रतिवेदनमा सरकारले खोप अभियान भने प्रभावकारी रुपमा सन्चालन गरेको उल्लेख छ । बेलायतमा कोरोनाले १५ लाख व्यक्तिको ज्यान गएको तथ्यांक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4