३० असोज, काठमाडौं । फिस्टेल एयरको हेलिकप्टर सुनसरीको इनरुवामा अवतरण गरिएको छ । काठमाडौंबाट विराटठनगरका लागि उडेको हेलिकप्टर समयमा शनिबार साझ ६ः४० मा इनरुवाको सखुवागाछी नजिक खाली जग्गामा आकस्मिक अवतरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हेलिकप्टर सुरक्षित अवतरण गरिएको छ । तोकिएको समयमा विराटनगर नपुगेपछि एयर ट्राफिक कन्ट्रोलको निर्देशनअनुसार सखुवागाछी भन्ने ठाउँमा अवतरण भएको प्रहरी नायव उपरीक्षक डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।
‘दुर्घटना भएको पनि होइन्, आज अवतरण भयो अव वहाँहरु भोलि जानुहुन्छ’ डिएसपी कार्कीले भने, ‘समयमा विराटनगर नपुगेपछि जहाँ छ त्यहीँ सुरक्षित ठाउँमा अवतरण गर्नु भनेर एसीटीले भनेको रहेछ, त्यही भएर अवतरण भएको हो ।’
डिएसपी कार्कीका अनुसार हेलिकप्टरमा चालक दलका सदस्यसहित चार जना सवार रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4