+
+

साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित

भारत बन्यो च्याम्पियन, नेपाल उपविजेतामा सिमित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३० गते २२:१८

३० असोज, काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल भारतसँग पराजित भएको छ । नेपाललाई ३-० गोल अन्तरले हराएको भारतले उपाधि जितेको छ ।

नेपाल उपविजेतामा सिमित रहृयो ।

माल्दिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनलको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुमा नै भारतले लगातार दुई गोल गर्यो । खेलको ४९औं मिनेटमा सुनिल क्षेत्रीले गोल गरे भने एक मिनेट वित्न नपाउँदै सुरेश सिंह वाङजेमले भारतको अग्रता दोब्बर बनाए ।

खेलको इन्जरी टाइममा साहल अब्दुल समदले गोल गर्दै भारतका लागि उपाधि सुनिश्चित गरे ।

नेपालमाथि हावी भएको भारतले नेपाली पोष्टमा १९ पटक प्रहार गरेको थियो, जसमध्ये ८ सही दिशामा थियो । नेपालले भने सिंगो खेल अवधिभर जम्मा ६ पटक भारतीय पोष्टमा प्रहार गरेको थियो र त्यसमध्ये एउटा मात्र सही दिशामा थियो ।

साफ च्याम्पियन बनेको भारत आठौं पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?