+
+

वर्षाले मेलम्ची-इन्द्रावती जोड्न बनाइएको अस्थायी मोटरबाटोमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३१ गते ८:३७

३१ असोज, सिन्धुपाल्चोक । वर्षाका कारण मेलम्ची-इन्द्रावती जोड्न बनाइएको अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो ।

मोटरबाटोमा गएरातिको वर्षाले पुनः क्षति पुर्याएपछि सडक अवरूद्ध भएको हो । मौसम सुधार आउने वित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

यस्तै मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको छ ।

हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको छ । असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?