+
+

टी–२० विश्वकप : केके छन् नयाँ नियम ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३१ गते १२:१४

३१ असोज, काठमाडौं । टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण २०२० मा हुन नसकेको यो प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा हुने छ ।

यो प्रतियोगिता २९ दिनसम्म चल्नेछ र, २८ कात्तिक (१४ नोभेम्बर)मा हुने फाइनलले वल्र्ड च्याम्पियन तय गर्नेछ ।

प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । तर पहिलो चरणमा ८ टिमले मात्र खेल्नेछन् ।

समूह ए : आयरल्याण्ड, नामिबिया, नेदरल्याण्ड्स र श्रीलंका

समूह बी : बंगलादेश, ओमान, पपुवा न्यूगिनी र स्कटल्याण्ड

दुबै समूहका टिमले एकअपासमा खेल्नेछन् र समूहको शीर्ष दुई टोली सुपर १२ मा पुग्नेछन् ।

सुपर १२ मा पनि दुई समूह हुनेछ । पहिलो समूहमा अष्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इण्डिजका साथै समूह एको शीर्ष र समूह बीको दोस्रो टिम हुनेछ भने अर्को समूहमा भारत, पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तानका साथै समूह एको दोस्रो र समूह बीको शीर्ष टिम थप हुनेछ ।

यो राउण्डको खेल ६ कात्तिक (२३ अक्टोबर)देखि सुरु हुनेछ र २२ कात्तिक (८ नोभेम्बर) सम्म चल्नेछ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । २४ र २५ कात्तिक (१०/११ नोभेम्बर)मा सेमिफाइनल खेल हुनेछ ।

कुन टिम कस्ता छन् ?

वल्र्ड टी–२० क्रिकेटमा लोभलाग्दो रेकर्ड बनाएको भारत त्यसलाई दोहो¥याउन चाहन्छ । यो प्रतियोगितापछि टी–२० को कप्तान छाड्ने घोषणा गरेका भारतीय कप्तान विराट कोहलीका लागि पनि वल्र्डकप जिताएर सुखद अन्त्य गर्न चाहन्छन् । पूर्वकप्तान महेन्द्र सिंह धोनी मेन्टरको भूूमिकामा हुनेछन् ।

न्यूजिल्याण्डको टिममा पनि उम्दा क्रिकेटरहरु छन् । टिममा शानदार तीव्र गतिका बलरका साथै अलराउण्ड पनि छन् । अष्ट्रेलियाले अहिलेसम्म टी–२० फम्र्याटमा उपाधि जितेको छैन । त्यसैले यो पटक इतिहास बनाउने लक्ष्य लिएको छ ।

पाकिस्तान टिम पनि बलियो देखिएको छ । दक्षिण अफ्रिकाले नयाँ कप्तान टेम्बा बावुमाको नेतृत्वमा खेल्नेछ भने श्रीलंकाली टोलीमा नयाँ अनुहार पनि छन् । बंगलादशलाई स्पीनलाई सहयोगी बन्ने पिचमा खेल्दाको फाइदा हुनेछ भने अफगानिस्तानको टिम देश भित्रको संकट बिर्सिएर शानदार क्रिेकट खेल्ने प्रयासमा हुनेछ ।

हालसम्म कुन कुन देशले जितेका छन् ?

२००७ मा पहिलो पटक भएको वल्र्ड टी–२० क्रिकेटको उपाभिध भारतले जितेको थियो । २००९ मा पाकिस्तान, २०१० मा इंग्ल्याण्ड र २०१२ मा वेष्ट इण्डिजले जित्यो । २०१४ मा श्रीलंका च्याम्पियन बन्दा २०१६ मा वेष्ट इण्डिजले दोस्रो पटक उपाधि उचाल्यो ।

२०१८ मा सिरिजहरु चलिरहेका कारण अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिता रद्द ग¥यो । त्यसपछि २०२० मा हुनुपर्ने थियो, तर कोरोनाका कारण अहिले हुन लागेको हो ।

कति छ पुरस्कार ?

उपाधि विजेताले १६ लाख डलर पाउनेछ । उपविजेताले भने ८ लाखमा चित्त बुझाउनुपर्नेछ ।

सेमिफाइनलमा पुग्ने हरेक टोलीले ४/४ लाख पाउनेछ भने सुपर १६ मा प्रत्येक खेल जित्दा बोनस रकम पनि आउने छ ।

के छ नयाँ नियम ?

यो पटक प्रत्येक खेलका क्रममा अतिरिक्त ड्रिक्स ब्रेक हुनेछ । अढाई मिनेटको यो ब्रेक पारीको मध्यमा हुनेछ । साथै पहिलो पटक निर्णयमा रिभ्यू सिस्टम हुनेछ ।

एक पारीमा हरेक टिमले दुई रिभ्यू लिन पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?