+
+

केरलामा भारी वर्षा, ९ जनाको मृत्यु, २० जनाभन्दा बढी बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३१ गते १४:३२

३१ असोज, काठमाडौं । भारतको केरलामा भारी वर्षा र बाढीका कारण नौ जनाको मृत्यु भएको छ । २० जनाभन्दा धेरै व्यक्तिहरु बेपत्ता भएका छन् ।

कोट्टायम र इडुक्की जिल्ला बाढी पहिरोबाट बढी प्रभावित भएका छन् । अधिकारीहरुका अनुसार इडुक्कीमा ६ जनाको र कोट्टायममा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजीकार्य जारी छ ।

एकदर्जन बढी जिल्लामा अलर्ट जारी गरिएको छ । अरब सागरमा विकसित मौसमी प्रणालीका कारण सो क्षेत्रमा भारी वर्षा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?