+
+

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ जना घाइते

रासस रासस
२०७८ असोज ३१ गते १७:१७

३१ असोज, काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डमा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ ।

सिन्धुपाल्चोकको लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको बा २ ख ३२६४ नम्बरको बस ६ किलो नजिक दुर्घटना भएको हो । घाइतेहरुलाई काभ्रेको धुलिखेल र खाडीचौरको अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

धुलिखेल अस्पतालमा उपचाररत घाइतेको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

ब्रेक फेल भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?