+
+

के ‘डाँडाको वर पीपल’को व्यापारलाई ‘महानायक’ विवादले असर गरेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते ९:४४

कोरोना महामारीको दोश्रो लहरपछि विस्तारै नेपाली चलचित्र क्षेत्र चलमलाउन थालेको छ । यो गती तिहारपछि अझ बढ्ने निश्चित छ । यो बर्षको दशैंमा महंगो लगानीमा बनेका कुनै पनि चलचित्रका निर्माताले रिलिजको हिम्मत गरेनन् । तर, चलचित्र ‘डाँडाको वर पीपल’को काम करिब २ महिनामा सकेर निर्देशक शोभित बस्नेतले असोज २६ गतेबाट यो चलचित्र रिलिज गरे ।

चलचित्र हेर्न हलसम्म पुग्ने चेष्टा दर्शकले गरेनन् । बक्स अफिसमा यो चलचित्र नराम्रोसँग चिप्लियो । यो चलचित्रको प्रचारको समयमा ‘महानायक’ विवाद पनि चर्कियो । चलचित्रका निर्देशक शोभित बस्नेत, नायक भूवन केसी र शिव श्रेष्ठले निकालेको ‘महानायक’को विवाद यसरी चर्कियो कि, शोभितले माफी नै माग्नु पर्यो । यो चलचित्र असफल हुनुको पछाडि ‘महानायक’ विवादलाई धेरैले कारण मानेका छन् ।

चलचित्रको बिषयमा भन्दा ‘महानायक’को बिषयमा बढी चर्चा हुँदा निर्माणपक्षले दर्शकलाई चलचित्र किन हेर्ने भनेर वुझाउन नसकेको पक्का हो । साथमा, चलचित्रको ट्रेलरले दर्शकलाई खासै आकर्षिक गर्न सकेनन् । गीतसंगीतले पनि चर्चा कमाउन नसक्दा हलसम्म किन जाने भनेर दर्शकले कारण नै पाउन सकेनन् ।

शोभितले आफ्नो सम्पूर्ण ध्यान ‘महानायक’को विवादमा लगाउँदा चलचित्रको मुख्य पाटो नै छायामा पर्यो । अर्कोतिर, चलचित्रको कथावस्तु पुरानो शैलीको हुनु, शोभित बस्नेतको चलचित्रले यसअघि पनि मल्टिप्लेक्सका दर्शकलाई आकर्षित गर्न नसक्नु आदिका कारण यो चलचित्र बक्स अफिसमा असफल भयो ।

योसँगै, हल खुलेपनि अझै पनि दर्शक हलसम्म जानका लागि ढुक्क नहुनुले पनि यसको बक्स अफिसमा केही असर परेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?