
२ कात्तिक, गोरखा । केही दिनयताको अविरल वर्षाले गोरखामा धानबालीमा ठूलो क्षति भएको छ ।
गोरखाको बारपारसुलिकोट गाउँपालिका वडा-५ मा पाकेको धान काटेर भित्र्याउन ठिक्क परेको धान पानीले भिज्दा क्षति पुगेको स्थानीय किसानहरुले बताएका छन् ।
काटेर थन्क्याउन बाँकी रहेको धान भिजेर नष्ट भएको उनीहरुले बताएका छन् ।
वर्षाको पानी तर्काउन किसानहरुले पानी परिरहेकै समयमा खेतको आलीमा धान राख्न व्यस्त छन् । किसानहरुले वर्षाको पानी निकासीका लागि खेतका आली काटेर पानी तर्काउने काम गरेका छन् ।
लगातारको वर्षाले गोरखाका अधिकांश ठाउँमा धान बिगारेको उनीहरुको भनाइ छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4