+

मेस्सीको दुई गोलमा पीएसजी विजयी, सिटीको फराकिलो जित

२०७८ कात्तिक  ३ गते ८:२५ २०७८ कात्तिक ३ गते ८:२५
मेस्सीको दुई गोलमा पीएसजी विजयी, सिटीको फराकिलो जित

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब आरबी लाइपजिगलाई ३-२ ले पराजित गरेको हो ।

पीएसजीको जितमा लिओनल मेस्सीले दुई गोल गरे । केलियन एमबाप्पेले एक गोल गरे ।

लाइपजिगका आन्द्रे सिल्भा र नोर्डी मुकिलीले एक एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा लाइपजपगका सिल्भाले बराबरी गोल गरे ।

५७औं मिनेटमा नोर्डीले गोल गर्दै लाइपजिगलाई २-१ को अग्रता दिलाए । तर ६७औं मिनेटमा मेस्सीले गोल गर्दै खेल २-२ गोलको बराबरीमा पुर्‍याए । त्यसपछि ७४औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-२ को जित दिलाए ।

इन्जुरी टाइममा पीएसजीले पेनाल्टीको अवसर पाएको थियो । तर ह्याट्रिकमा रहेका मेस्सीले  एमबाप्पेले पेनाल्टी प्रहार गर्न दिए पनि उनले गोल गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो ।

जपतपछि पीएसजी तीन खेलमा सात अंक जोडेर समूह ए को शीर्ष स्थानमा उक्लिएको छ ।

लगातार तेस्रो हार बेहोरेको लाइपजिग अंकविहीन हुँदै पुछारमा छ ।

यसै समूहको अर्को खेलमा म्यानचेष्टर सिटीले बेल्जियमकझ म्लब ब्रुगलाई ५-१ ले पराजित गरेको छ ।

सिटीका लागि रियाद माहरेजले दुई तथा जाओ कान्सेलो, काएल वाल्कर र कोल पाल्मरले एक एक गोल गरे ।

जितपछि तीन खेलबाट ६ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । ब्रुग चार अंकसहित तेस्रो स्थानमा छ ।

पीएसजी म्यान्चेष्टर सिटी लिओनल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय