३ कात्तिक, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बिहीबार दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा स्थायी कमिटी बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार, बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा र पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन, अविरल वर्षाका कारण भएको धनजनको क्षतिलगायतका विषयमा छलफल हुनेछ ।
एमालेले आगामी १० देखि १२ मंसिरमा दशौं राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4