३ कात्तिक, बझाङ। बझाङको खप्तड छन्ना गाउँपालिकामा गएको दुईवटा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ ।
जिल्लाको खप्तडछन्ना गाउँपालिका-५ मा गएको पहिरोमा परी स्थानीय ४५ वर्षीय बिरु गिरी र उनकी श्रीमती ३५ वर्षीय चन्द्रादेवीको मृत्यु भएको छ । त्यस्तै खप्तडछन्ना गाउँपालिका-६ मा गएको पहिरोमा परी ४९ वर्षीय धनराज जोशी र ६८ वर्षीय रने आग्रीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए ।
यस्तै बझाङकै थलारा गाउँपालिका-४ मा मंगलबार गएको पहिरोमा परी २३ जना बेपत्तामध्ये दुईजनाको शव भेटिएको छ । शवको पहिचान भने भइनसकेको प्रजिअ अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4