५ कात्तिक, काठमाडौं । १३ वर्षअघि इँट्टाभट्टामा मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफताब आलमको मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार तोकिएको सुनुवाइ स्थगित भएको छ ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा राखिएको उक्त मुद्दाको सुनुवाइ स्थगित भएको हो । मुद्दाको पक्षले पाउने सुविधाअनुसार उक्त मुद्दाको सुनुवाइ महान्यायाधिवक्ता कार्यालयको तर्फबाट स्थगित गरिएको हो ।
२०६४ सालको संविधानसभा निर्वाचनको समयमा इँट्टाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा जिल्ला अदालतको आदेशमा आलम हाल पुर्पक्षका लागि थुनामा छन् । उक्त आदेशविरुद्ध आलमले उच्च अदालत हुँदै सर्वोच्चमा निवेदन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4