+
+

भीमबहादुर विक हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

शंकर गिरी शंकर गिरी
२०७८ कात्तिक ६ गते १९:२६

६ कात्तिक, काठमाडौं । भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ बर्षका भीमबहादुर विकको कुटपिटबाट भएको हत्याको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।

अधिकारकर्मीले माइतीघरमा भेला भई दसैंको महानवमीको दिन भएको भीमबहादुरको हत्याको विरोध जनाएका हुन् । उनीहरुले जातीय विभेदकै कारण भीमबहादुरको हत्या भएको भन्दै विभेद अन्त्य गर्न माग गरेका छन् ।

भीमबहादुरको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, हत्यामा संलग्नलाई कारबाही गर्नुपर्नेलगायतका माग लेखिएका प्लेकार्ड बोकेर अधिकारकर्मीले प्रदर्शन गरेका थिए ।

दशैंको महानवमीको दिन स्थानीयको कुटाइबाट भीमबहादुरको मृत्यु भएको थियो । उनको हत्यामा संलग्नको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?