७ कात्तिक, काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले कात्तिक १ गतेयता राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले संसदको विकास तथा प्रविधि समितिमा आइतबार प्रस्तुत प्रारम्भिक क्षतिको विवरण अनुसार बेमौसमी वर्षापछि आएको बाढी पहिरोले १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको हो ।
बैठकमा महानिर्देशक थापाले कात्तिक १ गतेयता बाढी पहिरोको कारण १० वटा राजमार्ग÷सडक १८ स्थानमा अवरुद्ध छन् ।
हाल दुवै तर्फ यातायात सुचारु भएको राजमार्गको संख्या ३ तथा एकतर्फी यातायात चालु रहेको स्थान ९ रहेका छन् ।
बाढी पहिरोका कारण ४ वटा राजमार्ग अहिले पनि अवरुद्ध रहेको र ६ स्थानमा अहिले पनि यातायात सञ्चालनमा आउन नसकेको उनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4