७ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देशको पहिचानलाई विश्वसामु पुर्याउन नेपालले कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन् ।
संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा कूटनीतिबारे केही पनि नजान्नेहरु राजदूत भएर विभिन्न देश गएको देख्दा दुःख लाग्ने गरेको बताए ।
रावलले देशको पहिचान मेटाएर आफ्नो पहिचान भेटाउने प्रयास नगर्न पनि कूटनीतिज्ञहरुलाई सचेत गराए । ‘मैले यस्तो राजदूत देखेको छु, जसलाई अंग्रेजीको ‘अ’ आउँदैन । कूटनीतिको ‘क’ आउँदैन।’ उनले भने, ‘यो नेपालको हितमा हुनुपर्छ भनेर बोल्न सक्दैन । ऊ नै राजदूत बनेर जाने गरेको छ ।’
नेता रावलले विश्व शान्तिका लागि परिचालन हुने सुरक्षाकर्मीहरुको सेवा र सुरक्षाको उचित व्यवस्थाका लागि संयुक्त राष्ट्र संघसँग पहल गर्न सरकारलाई सुझाव समेत दिए ।
प्रतिक्रिया 4