८ कात्तिक, काठमाडौं । नेकपा एमालेले खोटाङको हलेसी–तुवाचुङ नगरपालिका-३ मा महिला मात्रै रहेको वडा कमिटी चयन गरेको छ ।
प्रथम वडा अधिवेशनबाट तार्मिला राईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
उपाध्यक्ष कमलकुमारी राई, सचिव सम्झना राई, उपसचिवहरु अस्मिता राई र यशोदा विक, आर्थिक विभाग प्रमुख सर्मिला राई चयन भएकी छन् । ‘पूरै कमिटी महिला मात्रै रहेको बनाइएको छ’, नेता सुरेन्द्र राईले बताए ।
अधिवेशनको बन्द सत्र पनि जिल्ला सचिवालय सदस्य बिनादेवी राईले सञ्चालन गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4