
८ कात्तिक, काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख ६२० डोज फाइजर खोप सोमबार बिहान नेपाल आइपुगेको छ ।
कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत प्राप्त फाइजर खोप टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ ।
यसअघि प्रयोग भएका एस्ट्राजेनेका, भेरोसेल र जोनसन एण्ड जोनसन भन्दा फाइजर खोप भन्दा फाइजर खोप के अर्थमा फरक छ भने यसलाई माइनस ८० डिग्री सेल्सियस तापमानमा भण्डारण गर्नुपर्ने हुन्छ ।
त्यसैले प्राप्त खोपलाई खोप केन्द्रमा पुर्याउनुअघि केन्द्रीय खोप भण्डारमा व्यवस्थापन गरिएको स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख सागर दाहालले बताए ।
फाइजरको खोप भण्डारणमा मात्रै होइन, खोप कार्यक्रम सञ्चालनमा पनि समस्या छ । यो खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई छुट्टै तालिम दिने सरकारको तयारी छ ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4