८ कात्तिक, काठमाडौं । कोरोना महामारीबीच पनि वायुमण्डलमा पृथ्वीको तापमान बढाउने ग्यासको मात्रा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)का अनुसार गत वर्ष तापमान बढाउने ग्यासको मात्रा अहिलेसम्मकै उच्च तहमा पुगेको हो ।
विगत १० वर्षको अवधिमा कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडको मात्रा वार्षिक औसतभन्दा बढी दरले बढेको बीबीसीले जनाएको छ । यसबाट पेरिस सम्झौताको लक्ष्यभन्दा बढीले तापक्रम वृद्धि हुने डब्लूएमओले उल्लेख गरेको छ ।
कोरोना महामारीका क्रममा विश्वभर लागू गरिएको प्रतिबन्धले गर्दा कार्बन डाइअक्साइड उत्सर्जन समग्रमा ५.६ प्रतिशतले घटेको थियो । तर वायुमण्डलमा थिग्रिने ग्यासमा किन कमी आएन भन्ने विषयलाई डब्लूएमओको पछिल्लो तथ्याङ्कमा देखाइएको छ ।
मानव गतिविधिबाट हुने उत्सर्जनमध्ये झण्डै ५० प्रतिशत वनजंगल, भूमि र समुन्द्रले सोस्ने गर्छन् । तर हरित गृह ग्यास सोस्ने क्षमता तापक्रम, वर्षासहित अन्य तत्वमाथि निर्भर हुन्छ।
यस्तै अर्को विषय भनेको विगत १० वर्षदेखि कार्बन डाइअक्साइड उत्सर्जन बढिरहेको छ । यही भएर गतवर्ष कार्बन उत्सर्जन घटेको भए पनि वायुमण्डलमा भएको वृद्धि २०११ देखि २०२० सम्मको औसतभन्दा बढी छ ।
डब्लूएमओको हरित गृह ग्याससम्बन्धी वार्षिक बुलेटिनमा गतवर्ष वायुमण्डलमा कार्बनडाइअक्साडडको मात्रा बढेर प्रति १० लाख ४१३.२ कण पुगेको छ र हाल पूर्व-औद्योगिक तहको १४९ प्रतिशत छ ।
प्रतिक्रिया 4