+
+

संवैधानिक कानुन व्यवसायी मञ्चले पनि माग्यो प्रधानन्यायाधीशको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १६:०३
संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्ष दिनेश त्रिपाठी

९ कात्तिक, काठमाडौं । संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ ।

न्यायालयजस्तो पवित्र संस्था विवादमा पर्नु र संस्थागत नेतृत्व प्रभावकारी बन्न नसक्दा न्याय प्रणालीमा नै असर पर्न गएको भन्दै मञ्चले प्रधानन्यायाधीशनको राजीनामा माग गरेको हो ।

जनताको न्यायको अधिकार प्रभावित हुन नदिन र न्यायपालिकालाई स्वतस्फुर्त रुपमा अघि बढ्ने वातावरण सिर्जना गर्न प्रधानन्ययााधीशले सहज निकास दिनुपर्ने मञ्चका अध्यक्ष दिनेश त्रिपाठी र महासचिव सरोजकृष्ण घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

न्यायपालिकाको मर्यादामाथि थप आँच आउन नदिन, न्यायपालिकामाथिको जनआस्थालाई जोगाइराख्न तथा न्यायपालिकाको निरन्तर सुधारका लागि न्यायपालिका, यसको नेतृत्व र कानुन व्यवसायी सबै संवेदनशील हुनुपर्ने मञ्चले बताएको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?