९ कात्तिक, काठमाडौं । सँधै लुगा किन्ने ग्राहकको भिड हुने मंगलबजार हौगलको ‘कृष्ण पाटी’ मंगलबारबाट खाली छ । करिब डेढ वर्ष वर्ष पुरानो ऐतिहासिक यो फल्चा वर्षौंदेखि दुई जना व्यापारीको कब्जामा थियो । तर, मंगलबारबार ललितपुर नगरपरहरीले हस्तक्षेप गरेर पाटीको पसलहरू हटाएको छ ।
सँधै रेडिमेड लुगाले ढाकिने पाटी मंगलबजारबाट आफ्नो वास्तविक स्वरुपमा देखिन थालेको छ । मुस्किलले महिनामा एकपटक भजनकीर्तन हुने यो फल्चामा पसल राख्न दिएर केही गुठीयारले समेत पैसा उठाउने गरेका थिए । सो पाटीको पसल गर्नेले अरुलाई पसलको ठाउँबापत ‘सलामी’ मात्रै सात लाखसम्म मागेको स्थानीयहरु बताउँछन् ।
व्यपारीका अनुसार सो पाटीबाट महिनामा पार्टीमाथि घर रहेका व्यक्तिले २० हजारसम्म भाडा उठाइने गरेका थिए । गुठीयारले वर्षमा ६० हजार रुपैयाँ उठाउने गरेका थिए ।
सो पाटी रहेको भवनबारे विगतदेखि नै विवाद छ । व्यक्तिको जग्गामा बनाएको पार्टी भएकाले सो पाटीबारेर गुठीयार र जग्गाधनीबीच विवाद भएको हो । कुनै समय दैनिक भजन कीर्तन हुने सो पाटी व्यापारीकरण गरिएपछि त्यसबारे स्थानीय स्तरमा पनि मतभेदहरु छन् ।
ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेथु सम्पदा क्षेत्रको पाटी अतिक्रमण गरेर थापिएको पसल हटाउन शुरु गरेको बताउँछन् । फुटपाथका पसलहरु हटाउने अभियान चलाइरहेको नगर प्रहरीले पाटीपौवा र सार्वजनिक स्थल मिचेर राखिउका पसलहरु पनि हटाउन थालेको हो ।
‘पाटीपौवा र मन्दिरमा पसल चलाएपछि यहाँ आएका पर्यटकले के हेर्ने ?’ हाछेथु भन्छन्,’गुठीहरुले आर्थिक कारणले चलाएको हो भने महानगरसँग छलफल गरेर आफ्नो समस्या राख्नुपर्छ, तर सांस्कृतिक शहरको सम्पदा र मौलिकता नै छेकिने गरी पाटीमा पसल राख्न दिँदैनौं ।’
फल्चाहरुमा विभिन्न खालका पसलहरु चलाउँदा मान्छेले आराम गरेर बस्न र भजन कीर्तन गर्न नपाएकोले स्थानीयको समस्यालाई हेरेर यस्तो अभियान चलाइएको हाछेथुले बताए ।नगर प्ररहीले इटिटोलको स्तुतअघिको पाटीबाट पनि अतिक्रमित पसलहरु हटाएको छ । त्यस्तै विभिन्न मन्दिरसहित विभिन्न सार्वजनिक स्थलमा आतिक्रमण गरेर राखिएका पसलहरु पनि हटाउने काम भइरहेको हाछेथुले बताए ।
सार्वजनिक स्थलबाट रकम असुलेर ब्यापारीलाई राख्ने काम सही नभएको भन्दै उनले त्यसका विरुद्ध महानगरपालिकाले कदम चालेको बताए । पाटीपौवालाई परम्परागत मान्यताअनुसार नै खुला राख्न जुटेको हाछेथु बताउँछन् । सम्पदाको संरक्षणलाई ध्यान दिँदै पर्यटकीय नगरीको सौन्दर्य बिगार्ने गरी भएका कार्यलाई निरुत्साहित गर्ने ललितपुर महानगरपालिकाको योजना छ ।
‘विश्व सम्पदा क्षेत्रमा मापदण्ड र नियमविपरीत भएका गतिविधि नियन्त्रणमा हामीले ध्यान दिएका छौं,’ हाछेथुले भने,’नियमित गस्ती नै गरेर यस्ता क्षेत्रको संरक्षण र सरसफाइमा हामीले काम गरिरहेका छौं ।’
उनका अनुसार नगर प्रहरीले नगरबासीले आफ्ना समस्या राख्न सक्ने गरी ०१-५९०९७७७ नम्रको २४ घण्टे हटलाइन सेवा पनि सुरु गरेको छ ।
कतै आगलागी भएको, मापदण्ड मिचेर घर टहरा बनाएको, पिच सडक खनेको, कुकुरहरु टोलेलमा डुलाएर फोहोर गरेको, राति सडकमा फोहोर फालेको जस्ता गुनासो हटलाइनमा आउन थालेको भन्दै हाछेथुले नगरबासीले राख्ने हरेक खालका समस्या समाधानका लागि सहयोग र समन्वय गर्न तयार रहेको बताए ।
‘रातिसम्म सार्वजनिक स्थलमा गस्ती गरिरहेका छौं, त्यसले सम्पदा र नगरबासीको सुरक्षामा मद्धत पुग्ने हाम्रो विश्वास छ,’ उनी भन्छन् ।
प्रतिक्रिया 4