+
+

नवलको ‘काँडेतार’ले सुरविनालाई राहत

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १२:०६

नेपाली चलचित्र क्षेत्रमा कोही कलाकारलाई भ्याईनभ्याई छ भने कोही कलाकारको हात रित्तो छ । कोही कलाकारलाई बर्षमै दर्जन चलचित्रको अफर आउँछ । केही कलाकार भने चलचित्र नपाएर खाली बसिरहेका छन् ।

नायिका सुरविना कार्की पनि लामो समयदेखि चलचित्रको अफर कुरिरहेकी थिइन् । मुम्बईमा केही समय बसेर बलिउडमा जम्ने कोशिशमा लागेपनि उनी सफल हुन सकिनन् । बलिउड कलाकार अनुपम खेरसँग ३ महिनाको अभिनय कोर्ष सिकेर नेपाल फर्किएपछि पनि उनलाई नेपाली मेकरले पत्याएनन् । यसैले, फाट्टफुट्ट म्युजिक भिडियोमा काम गर्नुबाहेक सुरविनासँग अरु खासै काम थिएन ।

अब, उनै सुरविना कार्की कलाकार तथा निर्माता नवल खड्काले बनाउन लागेको चलचित्र ‘काँडेतार’मा अनुवन्धित भएकी छिन् । सुरविनालाई यो चलचित्रले केही राहत भने दिएको छ । किनकी, चलचित्र नै नभएर यसै बसिरहेकी सुरविनाले अब एक्सन र कटमा रमाउन पाउनेछिन् ।

यो चलचित्रमा नवलले नायिका रेविका गुरुङलाई पनि अनुवन्धित गरेका छन् । सुरविना र रेविका दुबै चलचित्र क्षेत्रमा भविष्य खोजिरहेका छन् । उसो त, नवलले यो चलचित्र बनाउने भनेको लामै समय भैसकेको छ । तर, नवलको योजना फेसबुकमा मात्र सिमित छ । तर, उनी केही दिनयता भने कलाकारलाई संझौता गर्नमा व्यस्त छन् ।

यो चलचित्रले नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने कथा भन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?