१० कात्तिक, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले नयाँ सिजनको लिगका लागि अजरवैजानका दुई खेलाडी भित्र्याएको छ ।
गत वैशाखमा भएको नेपाल सुपर लिग (एनएसएल) खेलेका नुर्लान नुभ्रोजोभसहित अर्का खेलाडी सदिक गुलिएभ मछिन्द्रबाट लिग खेल्न नेपाल आएका हुन् ।
मछिन्द्रले दुवै खेलाडी बुधबार काठमाडौं आइपुगेको जनाएको छ । ए डिभिजन लिग यही कात्तिक २९ गतेदेखि सुरु हुँदैछ ।
नुर्लानले यसअघि नेपाल आउँदा ललितपुर सिटीबाट एनएसएल खेलेका थिए । जसमा उनले ६ खेल खेल्दै दुई गोल गरेका थिए । २८ वर्षीय पर्वार्ड नुर्लानले अजवैजान कपसमेत जितेका छन् ।
यस्तै २६ वर्षीय सेन्टरब्याक सदिकले अजरवैजानको यु-२३ राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् । उनले पछिल्लो पटक क्वाबला एफसीबाट खेलेका थिए ।
प्रतिक्रिया 4