१० कात्तिक, सुर्खेत । सल्यानको कुमाख गाउँपालिका–२ धावपानीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
मर्मपरिकाँडाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ज ९३० नम्बरको जीप दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको सल्लीबजारमा उपचार भइरहेको छ ।
दुर्घटना भएको जीप सडकबाट ६० मिटर तल खसेको थियो । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4